|

चितवन : चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा सशस्त्र प्रहरी बल एपिएफ विजयी भएको छ। झापा ११ लाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो।

निक्कै प्रतिस्पर्धात्मक खेल अवधिभर दुवै टिमका खेलाडीले राम्राराम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

टाइब्रेकरमा दुवै टिमका ६–६ जना खेलाडीले प्रहार गरेका थिए। एपिएफका किप्परले २ गोल बचाउन सफल भएका थिए भने झापाका किप्परले १ गोल मात्रै बचाए। खेलको म्यान अफ द म्याच पनि एपिएफका गोल किप्पर अमृत चौधरी नै बने।

आजको विजेता एपिएफले अब नेपाल आर्मी क्लबसँग भिड्ने छ। प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख ३ हजार ३३ रुपैयाँ पाउने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.