|

हेटौंडा :  नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा मारिएकाहरुको सम्झनामा प्रदेश ३ सरकारले शान्ति  पार्कहरु धमाधम निर्माण गर्दै छ।

नेपालको वर्तमान अवस्थामा सम्म आईपुग्न शहिदहरुको योगदान  ठुलो भएकोले त्यस्ता व्यक्तीहरुको सम्झना पर्यटन समेत अभिवृद्धि गर्ने र पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित पार्कहरुको निर्माण थालिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन्। 
 
१ सय १९ तहमै पार्क 

मन्त्रालयले ३ नम्बर प्रदेशका १ सय १९ वटै स्थानीय तहमा २०७९ सालसम्म शान्ति बाटिका, शान्ति पार्क र संग्राहलयहरु निर्माण गर्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षमा १ सय १९ वटै स्थानीय तहमा शान्ति पार्क, बाटिका र संग्राहलय निर्माणको लागि प्रस्ताव माग गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले बताए। त्यसको लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

 जम्कट्टेलका अनुसार  अब स्थानीय तहहरुसँगको सहकार्यमा निर्माणको काम सुरु हुने छ। गत आर्थिक वर्षमा मन्त्रालयले प्रदेशका बिभिन्न स्थानमा शान्ति पार्क निर्माणको लागि २ करोड विनियोजन गरेको थियो।

रुद्र स्मृती पार्क पर्यटकीय गन्तव्य 

मन्त्रालयको शान्ति पार्क अन्र्तगत रहेको मकवानपुर जिल्लाको रुद्र स्मृती पार्क आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ। एक दशक अघिसम्म स्थानीयले गाईबाख्रा चराउने डाँडा हरियालीसहितको ऐतिहासिक पार्क बनेको हो। 

हेटौंडाबाट करिब ६ किमि पूर्वमा रहेको मकवानपुरगढी ४ कालिखोलमा रहेको खुल्ला डाँडा रुद्र स्मृति बाटिकामा परिणत भएपछि पर्यटकीय गन्तब्य बनेको हो।  रुद्र बाटिका प्रतिष्ठानकी अध्यक्ष मानकुमारी नेपालीले प्रदेश सरकारको सहयोग र सबै स्थानीयहरु मिलेर दुख गरेर अहिले पार्क बनाईदै गरेको बताइन्।  करिब ५ बिगाह क्षेत्रफलमा फैलिएको बाटिकामा तारबारसहित बगैचा, बस्ने कुर्सीहरु, ट्रस, सभाहल, पर्खाल, निर्माण गरिएको छ।  करिब ७ करोड रुपैयाँ लागतमा निर्माण हुने विभिन्न संरचनाको डिपीआर समेत प्रतिष्ठानले तयार पारेको छ। वनभोज खाने ठाउँ, स्वीमिङ पुल, बाल उद्यान, तामाङ संग्राहलय र सहिद स्तम्भ निर्माण गर्ने योजना रहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए। 

तारबार गरेर छाडिएको उक्त संरचनालाई ३ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा ब्यवस्थित गरिएको हो। मन्त्रालयले गत आर्थिक वर्ष वर्षमा उपलब्ध गराएको १ करोड रुपैयाँ सहयोगले तारबार, पर्खाल, सभाहल, कार्यालय भवन र ट्रस निर्माण गरिएको प्रतिष्ठानकी अध्यक्ष नेपालीले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.