|

कञ्चनपुर : गरिमा धानको खेती गरेका कैलाली–कञ्चनपुरका एक हजार दुई सय १९ किसान प्रभावित भएका छन्। 

खेती गरिएको धानमा बालानै नलागेपछि दुवै जिल्लाका किसान मार्कामा परेका हुन।  कैलाली र कञ्चनपुरका किसानले लगाएको गरिमा धानको स्थलगत रुपमा अध्ययन गरी कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रतिवेदन तयार गरी सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयमा पठाएको छ।

अनुगमन अध्ययन गरिएका दुवै जिल्लाका किसानले लगाएको धानको बाला नलागेको पाईएको छ कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले भने, ‘सरोकारवालाहरु सहित सुदूरपश्चिम प्रदेशका कृषि मन्त्रीलाई भेटेर अबस्था बारे जानकारी समेत गराएका छौं।’ 

गरिमा धानको खेती तीन हजार ४८ हेक्टरमा गरिएको छ। जस मध्ये किसान परियोजना अन्र्तगत ३४१ कट्टा जग्गामा गरिमा धान खेती गरिएको छ। उनका अनुसार जसबाट तीन करोड बढीको किसानले क्षति व्यहोरेका छन्। 

गरिमा धानमा बाला नलागेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्।  असोज अन्तिम सातासम्म पनि धानमा बाला नफलेपछि किसानले क्षतिपूर्तिको माग गरेका हुन्। स्थानिय किसान मिनादेवी चौधरीले उन्नत भनेर खेतमा रोपिएको धानमा बाला नलागेपछि क्षतिपूर्ति उपलव्ध गराई दिन भन्दै  सम्बन्धित निकायमा पुगेपनि आलटाल मात्रै गरिहेको उनको गुनासो रहेको छ।

 झलारी बजारमा रहेको डिके एग्रोभेट बाट ८८ जना किसानले गरिमा धानको बीउ खरिद गरेका थिए । बीउ खरिद गरेर खेतमा रोपेका कुनै पनि किसानको धानमा अहिले सम्म बाला लागेको छैन । बेलौरी नगरपालिकाका किसान आसाराम चौधरी १५ कट्टा जग्गामा लगाईएको गरिमा धानमा बाला नलागेपनि चिन्तीत भएको बताए। 

नेपाल सरकारले सिफारिस गरेको सुचिकृत जात भनेर विश्वास गरेर धान खेतमा रोपेका हौं उनले भने, ‘बाला लागेको छैन। पुरै लगानी खेर गएकाले त्यसको क्षतिपूर्ति सरकारले दिनु पर्यो।’ क्षतिपूर्ति नदिए आन्दोलन गर्नुको अर्को विकल्प नभएको उनले बताए।

स्थानिय किसानले गरिमा धानको चार किलो देखि १० किलो सम्म बीउ ४५० प्रति किलोका दरले खरिद गरेका थिए। स्थानीय एग्रोभेटबाट १२५ दिनमा पाक्ने भनेर रोपेको धानमा बालानै लागेको छैन्।  धान नफलेपछि किसानको लागत खर्चनै डुवेको छ। उत्पादन नहुदा घाटा समेत व्यहोर्नु परेको छ। धानमा बाला नलागेपछि केन्द्र, प्रदेश र स्थानिय तहको विज्ञ टोलीले अनुगमन तथा निरिक्षण समेत गरेका छन्।

किसानले क्षतिपूर्तिका लागि अश्वासन पाएका भएपनि अझै सम्म क्षतिपूर्तिको रकम पाउन सकेका छैनन्। सक्कली धानको बीउ भनेर बिक्री गर्ने बिक्रेताविरुद्ध समेत कार्वाही हुनु पर्ने किसानहरुको माग छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.