समाज

इनरुवा अस्पतालभित्र रक्सीका बोत्तलको थुप्रो
SHARES

सरकारले दिएको बजेटको बिल बन्छ, फोहोर उठ्दैन

कात्तिक ३, २०७६

    इनरुवा : सामान्यत: अस्पतालमा उपचारसँग सम्बन्धित फोहोर भेटिने गर्छ। प्रयोग भएका सिरिन्ज,औषधिका खोल र कार्टुन लगायतका अस्पतालजन्य सामाग्री भेटिनुपर्ने हो । 

    तर सुनसरी सदरमुकामको इनरुवा अस्पतालमा लामो समयदेखि थुप्रिएको फोहोरको डङ्‍गुरमा रक्सीका बोतल भेटिएका छन्। लामो समयसम्म अस्पताल प्रशासनले फोहोर व्यवस्थापन गरेको थिए। फोहोरका कारण अस्पताल छिर्नै नसक्ने अवस्था आएपछि स्थानीयको अग्रसरतामा सफाइ  गर्दा ठूलो परिमाणमा रक्सीका बोत्तल भेटिएका हुन्। 

    फोहोर नउठ्दा अस्पताल क्षेत्र नै दुर्गन्धित थियो। बिरामीको रगतलगायतका उपचारमा प्रयोग सामाग्री अस्पताल परिसरमै फ्यालिएको थियो। फोहोरकै कारण विरामी थप संक्रमित बन्‍ने जोखिम बढ्दै गएपछि सामाजिक अभियन्ता दिनेश लम्साल, राकेश निरौला, सुशान्त बस्नेतका लगायतका अगुवा युवाहरुले अस्पतालमा थुप्रिएको संक्रमित जोखिमपूर्ण फोहोर संकलन गर्दा रक्सीका बोतल भेटिएका हुन्। 

    फोहोर उठाएर ट्याक्टरमा हाल्ने क्रममा बियरसहितका मदिराका बोत्तल पनि भेटिएका हुन्। अस्पतालको फोहोरमा मात्रै होइन, अस्पतालको छतमा समेत सयौँ बियर, वाइन र भोड्काका खाली बोत्तल भेटिएका छन्। बोत्तलहरु हेर्दा अस्पताल कर्मचारीले बेलाबेलामा ठूलै मदिराको पार्टी गर्ने गरेको अभियान्ताहरु बताउँछन् ।

    स्थनीयबासीले फोहोर उठाइरहँदा अस्पताल प्रमुख बीना शाक्यसहित अस्पतालका चिकित्सक, प्रशासनका कर्मचारी परैबाट दर्शक बनेका थिए । बजेट नभएको बहानामा आफूलाई पन्छाउदै आएको अस्पतालले फोहोर व्यवस्थापनमा पहल लिएको थिएन।

    नियामानुसार अस्पताल भित्र उत्पादन हुने फोहोर त्यहीँ भित्रै व्यवस्थापन गर्नु पर्ने हुन्छ । अस्पतालको फोहोर बाहिर बिसर्जन गर्न पाइँदैन । त्यसैले फोहोर व्यवस्थापन गर्न सरकारले बजेटदिने गर्ने गर्दछ ।

    अस्पताल प्रसासनले केही वर्ष अघिसम्म भट्टी बनाएर फोहर व्यवस्थापन गर्दै आएको थियो । तर सरकारले पठाउने फोहोर ब्यवस्थापनको बजेट भित्रभित्रै सकेर अस्पतालले भट्टी सञ्चालन गरेको छैन ।

    बैठकमा चर्काचर्की

    अस्पतालको फोहोर स्थानीयले उठाएपछि आलोचनाको  सामाना गर्नु परेको अस्पताल प्रशासन र ब्यवस्थापन समितिको बैठकमा चर्काचर्की र आरोप प्रत्यारोप भएको छ ।

    समितिले अस्पतालको अवस्थाको विषयमा अस्पताल प्रमुखले आफुहरुलाई कहिल्यै पनि जानकारी नगराएको भन्दै यसरी फोहोर थुपारे आफूहरुसहित अस्पतालको बेइज्जत गराएको भन्दै अस्पताल प्रमुख बीना शाक्यको चर्को आलोचना गरेका थिए ।

    शाक्यले पनि अस्पताल प्रशासन बेकामे भएको, अस्पतालको सुधार र विकासको लागि कुनै काम गर्न नसकेको भन्दै प्रतिबाद गरेकी थिइन्। अस्पतालका कर्मचारीहरुले आफूहरुले ब्यवस्थापन समितिलाई नचिन्‍ने बताउँदै आफूहरुको प्रमुख शाक्य भएकाले उनैबाट अस्पताल सुधारका कार्यक्रम आउनु पर्ने बताए।

कृष्ण बहाब भट्टराई

भट्टराई थाहाखबरका सुनसरी संवाददाता हुन् । इमेल : bahab9817@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]