|

मुगु : छायानाथ रारा नगरपालिका-९ मुर्मामा स्थापित प्रसूतिगृह स्थापना भएको १५ वर्ष भएको भएको छ। तर, सेवा सुचारु नहुँदा गर्भवती महिलालाई समस्या भएको छ।

गर्भवती भएका महिलालाई सहज होस भन्ने उदेश्यले २०६१ सालमा हेल्प नेपाल नेटर्वक नामक संस्थाले हेल्प नेपाल स्वास्थ्य चौकी स्थापना गरेको थियो। अन्य सामान्य सेवा सुचारु भएका भए पनि प्रसूतिगृह सञ्चालनमा नआएको हेल्प नेपाल स्वास्थ्य चौकीका ईन्चार्ज कृष्ण रावलले जानकारी दिए। उनका अनुसार अन्य सेवा सुचारु भएका छन् तर प्रसूतिगृह सञ्चालनका लागि दक्ष चिकित्सक नुहँदा सेवा सुचारु नभएको ईन्चार्ज रावलको भनाई छ।

स्वास्थ्य चौकीमा हेल्प नेपाल संस्थाबाट सहयोगार्थ आएका प्रसूतिगृहका सामानहरु पनि दक्ष चिकित्सक  नहुँदा कोठामू थन्किएका छन्। हेल्थपोष्टमा सामान्य बिरामी आएमा उपचार गर्ने गरेका छौँ। तर जटिल बिरामीका लागि उपकरण भएका भए पनि दक्ष जनशक्ति नहुँदा जिल्ला अस्पताल लगायत बाहिर जिल्ला रिफर गर्ने गरेका रावलको भनाइ छ।

स्थानीय तह छायानाथ रारा नगरपालिकामा कर्मचारीको अभाव छ, दक्ष जनशत्ति नहुँदा उपकरणमा खिया लागेका कुरा सुनाउँदा पनि कुनै सुनुवाई नभएको स्वास्थ्य चौकी व्‍यवस्थापन समितिका अध्यक्ष बिर्खबहादुर रोकायाले बताए। उनका अनुसार स्वास्थ्य चौकीमा अक्सिजन मेसिन ल्याप मेसिन माईक्रोसप्ट ल्याप, रगत चेक गर्ने मेसिन, सिरिन्ज निर्मलीकरण मेसिन, ३ किलोवाट क्षमताको बत्ती, ईन्टरनेट समेतको व्यवस्था भएकोभएपनी कर्मचारी अभावमा उपकरण थन्किएका अध्यक्ष रोकायाको भनाइ छ।

यता, छायानाथ रारा नगरपालिका-९ का वडा अध्यक्ष मणिचन्द्र रोकायाका अनुसार स्थानीयतह छायानाथ रारा नगरपालीकामा यस विषयमा कुरा भएको भए पनि हेल्प नेपालले समस्या गरेको बताए।

'कि हेल्प नेपालले हात झिक्नुपर्‍यो कि दक्ष जनशत्तिको व्‍यवस्था गरी राम्रो सेवा दिनुपर्‍यो' अध्यक्ष रोकायाले भने। हात पनि नझिक्ने सेवा पनी नदिने भएका कारण यो समस्या भएको र समस्या समधानका लागि यो आर्थिक वर्षमा ३ लाख रुपैया बिनियोजित गरेको वडा अध्यक्ष रोकायाले बताए।

उनका अनुसार हेल्प नेपाल र स्थानीय तहबीच विवाद हुँदा सेवा सुचारु नभएको हो। अबका केही दिनमै निष्कर्षसहित सेवा सुचारु गर्ने अध्यक्ष रोकायाको भनाइ छ।

सुत्केरी हुन ५ घण्टाको पैदल

मुर्मा लगायतका गाउँमा महिलाहरुलाई गर्भवती भएको समय समस्या हुने गरेको स्थानीय बताउँछन्।  गर्भवती भएका महिलालाई सुत्केरी गराउन ५ घण्टाको पैदलयात्रा गरी जिल्ला स्वास्थ्य सेवा कार्यलय ल्याउनुको विकल्प नभएको स्थानीय दीपराज रोकायाले बताए।

उनी भन्छन्, 'गाउँमा प्रसूतिगृह स्थापना भए पनि हाम्रा दु:ख पुरानै छन्। नाम मात्रको प्रसूति गृह भयो।'

गाउँ नजिकै सेवा पाउने ठाउँ हुदाँ हुदै ५ घण्टाको पैदल यात्रा गरी सेवा लिनु पर्ने बाध्यतले स्थानीयमा हैरानी त छँदै छ निराशा पनि उस्तै भएको गर्भवती महिलालाई सुत्केरी गराउन डोको काटेर बोक्नुपर्ने बाध्यता रहेको राकोयाको भनाइ छ। 

मुर्मा स्वास्थ्य चौकीमा सेवा लिन मुर्मा,खत्याड गाउँपालिका चाकपाडे, सेरी, सोरु गाउँपालिकाका, रुमलगायतका स्थानीय र रारा घुम्न आउने पर्यटक बटुवाले सेवा लिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.