|

संखुवासभा : गत शनिबार साँझ अज्ञात समूहको आक्रमण बाट भोजपुरको षडानन्द नगरपालिका–३ की २८ वर्षिया कल्पना राईको हत्या भयो। षडानन्द नगरपालिका–१ को नेपालेडाँडाको सोमबारे बाट किनमिले गरेर फर्कंदै गरेका दुई युवतीमा अज्ञात समूहको धारिलो हतियार प्रहार हुँदा कल्पना राईको घटनास्थलमै मृत्यु भएको थियो। सो घटनाको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएका एक जनालाई जिल्ला सदर मुकाम लगिने भएको छ ।

भने अर्की १८ बर्षीया नविना राई गम्भीर घाइते भएकी छन्।  धारिलो हतियार प्रहार बाट नविनाको चिउडोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। घाइते नविनाको स्थानीय स्वास्थ्य चौकी खार्ताम्छामा उपचारपश्चात घर फर्किएको दिङ्ला प्रहरीले जनाएको छ। 

अज्ञात समूहको आक्रमण बाट षडानन्द–३ की २८ वर्षिया कल्पना घटनास्थलमै मृत्यु भएर र नविना गम्भीर घाइते भएको भोजपुरका प्रहरी निरीक्षक पाण्डपराज राजवंशी पुष्टी गरे। घटना किन के कारणले घट्यो भन्ने अझै खुल्न नसकेको प्रहरी निरिक्षक राजवंशीले बताए।

घटनाको संम्लग्न भएको आरोप एक पक्राउ

प्रहरीले घटनामा संम्लग्न भएको आरोपमा षडानन्द नगरपालिका–३ का २१ वर्षिय प्रदिप बस्नेतलाई आइतबार विहान प्रक्राउ गरेको प्रहरी निरिक्षक पाण्डपराज राजवंशी जानकारी दिए। घटनामा संम्लग्न भएका बस्नेतलाई आइतबार विहान षडानन्द–५ चिउरीबोटेका सविन तामाङको घर बाट पक्राउ गरेको उनले बताए। पक्राउ परेको बस्नेतलाई सदरमकाम भोजपुरतर्फ लगिँदै गरेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

दुई महिलाको हत्या सुरुमा धारिलो हतियार प्रहरी भएपछि बाटो भन्दा ५० मिटर तल लगेर ढुङगा समेत प्रहार भएको प्रहरीको भनाइ छ। घटना कसरी भयो भन्ने प्रदिपको बयान बाट खुल्न निरिक्षक राजवंशीले बताए।

उनले भने हामीले घटनामा संम्लग्न लाई चिउरीबोटे बाट पक्राउ गरेर आइतबार नै सदरमुकाम तर्फ ल्याउदै गरेको बताए। घटनामा संम्लग्नको सदरमुकाम आइपुगेपछि अनुसन्धान बाट खुल्ने उनले बताए। मृतक कल्पनाको पोष्टमार्टमका लागि संखुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाइ सकेको निरिक्षक राजवंशीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.