|

काठमाडौंः काठमाडौं महानगरपालिकाले ट्राफिक आइल्याण्डमा फूल फूलाउन सुरु गरेको छ। न्युरोड र भृकुटीमण्डपको आइल्याण्डमा फूल फुलाइएको छ। आइल्याण्डमा सयपत्री, साल्बिया र जेनिया फूल राखिने भएको छ।

महानगरका ट्राफिक आइल्याण्डमा एरोपोनिक प्रणाली जडान गरेर बाह्रै महिना फूल फूलाउने गरी काठमाडौं महानगरपालिका, नबिल बैंक र एरोरुटस प्रालीबीच जेठ ३१ गते त्रिपक्षीय सम्झौता भएको थियो ।

एरोरुटस कम्पनीसँग २९ लाखमा ट्राफिक आइल्यान्डमा फूल फुलाउने गरी सहमति भएको हो। दुई वर्षसम्म एरोरुटस कम्पनीले फूल फूलाउने जिम्मा लिइ संरक्षण गर्ने गरी सहमति भएको थियो। 

काठमाडौं महानगरपालिकाले एरोरुटस प्रालिसँग ९० दिनभित्रमा फूल फुलाउने सम्झौता गरेको हो। तर, सम्झौता अवधि कटेपछि भने एरोरुटस प्रालिले ट्राफिक आइल्याण्डमा फूल फुलाउन थालेको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनका अनुसार पहिलो चरणमा सयपत्री फूल मात्र फुलाइएको छ। अन्य विभिन्न जातिका फूल पनि फुलाउन एरोरुटसलाई आग्रह गरिने उनले जानकारी दिए । 

ट्राफिक आइल्याण्डमा फुलाइएको फूलले महानगर र सहरको सुन्दरता बढाउने उनको भनाइ थियो। पर्यटन वर्ष २०२० लाई लक्षित गरी फूल फुलाएको उनको दाबी थियो ।

महानगरका अन्य आइल्याण्डमा पनि फूल फुलाउने तयार गरिरहेको उनले बताए । महानगरलाई हरियाली र सौन्दर्य मुलक बनाउने उदेश्यले नै यस्तो काम गरिरहेको उनले प्रष्ट पारे ।

फूल फूलाएर आइल्याण्डमा पनि  राखिसकेको  एरोरुटस प्रालिका निर्देशक विप्लव सिंहले बताए। ट्राफिक आइल्याण्डमा आठदेखि नौथरीका फूल फुलाइने उनको भनाइ थियो। 

आइल्याण्डमा सयपत्री, साल्बिया, जेनिया फूल पनि राखिने उनले जानकारी दिए। 'मौसम अनुसारका फूललाई पहिलो प्राथमिकतमा राखिन्छ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.