|
फाइल फोटो

भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ।    

उक्त स्थानमा भएको दोहोरो भिडन्तका क्रममा भारतीय सैनिकका दुई ‘बंकर’हरू नष्ट गरेको पाकिस्तानी सेनाले दावी गरेको छ।    

यसबारे पाकिस्तानका सैन्य प्रवक्ता मेजर जनरल असिफ गफूरले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिएको जानकारीअनुसार उक्त घटनामा एक पाकिस्तानी सैनिक र तीन सर्वसाधारणको मृत्यु भएको छ भने दुई सैनिक र पाँच सर्वसाधारण घाइते भएका छन्। पाकिस्तानी अधिकारीले उक्त क्षेत्रमा दोहोरो भिडन्त भएको बताएका छन्।    

उनले भने, “भारतीय पक्षले जुरा, शाहकोट र नौसेरी क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर युद्धविराम उल्लङ्घन गरे। यसको सशक्त प्रतिरोध गर्ने क्रममा नौ भारतीय सैनिक मारिएका छन् भने कैयौँ घाइते भएका छन्। उक्त घटनामा भारतीय सेनाको सुरक्षार्थ बनाइएका दुई ‘बङ्कर’लाई नस्ट गरिएको छ।”    

घटनाबार जानकारी दिँदै उनले थपे, “दोहोरो भिडन्तमा पाकिस्तानतर्फका एक सैनिक र तीन सर्वसाधारणले शाहदत प्राप्त गरेका छन् । घटनामा दुई सैनिक र पाँच पाकिस्तानी घाइते भएका छन्।”

आइतबार पाकिस्तानी पक्षले तोप आक्रमणमार्फत् ताङ्धार क्षेत्रमा हमला गरेपछि दोहोरो भिडन्त भएको भारतीय पक्षको दावी रहेको छ। भारतीय सैनिकको दावीअनुसार भारतले पाकिस्तानविरूद्ध गरेको प्रत्याक्रमणमा चार/पाँच पाकिस्तानी सैनिकको मृत्यु भएको थियो।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.