|

काठमाडौं : मोरङको भाउन्नेमा जारी तेश्रो डाँगीहाट गोल्डकपको उद्घाटन खेलमा विजयी बन्दै चर्च ब्वाइज काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ। प्रस्तावित डाँगीहाट रंगशाला भएको प्रतियोगिताको उद्घाटन खेलमा चर्च व्वाइजले मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी)लाई सडनडेथमा पराजित गरेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो। टाइब्रेकरमा समेत गोल बराबर भएपछि निर्णय सडनडेथमा गरिएको थियो। सडनडेथ प्रहारका आशिष चापागाई चुक्दा काँकडभिट्टा क्वाटर फाइनलबाटै बाहिरियो।

९० मिनेटको अवधीमा काँकडभिट्टाका कर्ण लिम्बू र चर्च ब्वाइजका मिलन राईले गोल गरेका थिए। मिलन खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे।

प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा धरान फुटबल क्लब सुनसरी र जिपीएससी सिराहाबिच प्रतिस्पर्धा हुनेछ। कात्तिक १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले नगद २ लाख १  हजार  प्राप्त गर्नेछ।

उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उदियमान खेलाडीलाई जनही १० हजार रुपैया प्रदान गरिनेछ। त्यसैगरी, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीले नगद ३० हजार प्राप्त गर्नेछन्।  प्रतियोगितामा काठमाडौंका २ सहित ८ क्लबको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.