|

भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ४८८ रनको विशाल अग्रता बनाएको छ। टेस्टको दोस्रो दिन आइतबार रोहित शर्माले टेस्ट करिअरमा पहिलो दोहोरो शतक प्रहार गरेसँगै भारतले दक्षिण अफ्रिकाविरुद्ध बलियो स्कोर तयार गर्न सफल भयो। रोहितले २१२ रनको सानदार इनिङ खेल्दै टेस्टमा दोहोरो शतक लगाउने खेलाडीको सुचिमा आफुलाई अंकीत गर्न सफल रहे।

उनी बाहेक आजिंक्य हाणेले ११५ रन को शतकीय इनिङ खेले। जवाफमा दक्षिण अफ्रिकाले आफ्नो दोस्रो विकेट केवल ९ रनमानै गुमाउन पुग्यो। मोहमद्ध शामीले डीन एल्डरलाई शुन्य रनमा आउट गर्दा दोस्रो विकेटका रुपमा ४ रनमा क्वीन्टन डिकक पेभिलियन फर्किए। खराब प्रकाशका कारण चिया सेसन पछि ५ ओभरको मात्र खेल भएको थियो। क्रिजमा दक्षिण अफ्रिकाका कप्तान फाफ डुप्लेसीस १ र जुबैर हम्जा शुन्य रनमा क्रिजमा छन्।

रहाणेले करिअरमा ११औं शतक लगाएर आउट भए। उनले रोहितसँग चौंथो विकेटका लागि २६७ रनको सानदार साझेदारी गरेका थिए। घरेलु मैदानमा रहाणेले तीन वर्षपछि शतक प्रहार गरे। उनले न्युजिल्यान्ड विरुद्ध २०१६ मा पछिल्लो पटक शतक प्रहार गरेका थिए।

एकै सिरिजमा तीन खेलाडीको दोहोरो शतक

भारतका लागि रोहितले दोहोरो शतक प्रहार गरेसँगै जारी एकै सिरिजमा तीन भारतीय खलाडीले दोहोरो शतक प्रहार गरे। जुन पहिलो पटक हो।

यसअघि पहिलो टेस्टमा मयंक अग्रवाललले २१५ रन बनाउँदा दोस्रो टेस्टमा विराट कोहलीलले २५४ रन बनाएका थिए। अहिले तेस्रो टेस्टमा रोहितले २१२ रनको इनिङ खेले।

रोहितको सर्वाधिक छक्का पनि

रोहितले एकै टेस्ट सिरिजमा सर्वाधिक १९ छक्का प्रहार गरेका थिए। जुन टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक धेरे छक्का प्रहार गर्ने कीर्तिमान हो। यसअघि वेस्टइंडिजका शिममरन हेटमेयरको रेकर्ड तोडेका थिए। हेटमेयरले २०१८/१९ मा बंगलादेशविरुद्ध सिरिजमा १५ छक्का प्रहार गरेका थिए।

रोहितअघि भारतका लागि हरभजन सिंहका नाममा सर्वाधिक छककाको रेकर्ड रहेको थियो। उनले २०१०/११ को सिजनमा न्युजिल्यान्ड विरुद्ध १४ छक्का लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.