|

चितवन : जावलाखेल फुटबल क्लब ललितपुर चितवनको नारायगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ३-१ गोलअन्तरले पराजित गर्दै ‘ए’ डिभिजन क्लब जावलाखेल क्वाटरफाइनलमा प्रवेस गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफको १७औं मिनेटमा पहिलो गोल खायो। जावलाखेलका लागि जर्सी नम्बर १० का शक्ति राईले सुजित बुढाथोकीको पासमा पहिलो गोल गरे। त्यसपछि झनै आक्रामक बनेको जावलाखेलका लागि दोस्रो गोल जर्सी नम्बर ७ का सुजितले गरे।

२-० ले पछि परेको युनाइटेड एफसी दार्जिलिङका लागि जर्सी नम्बर २ का शुभम क्षेत्रीले दोस्रो हाफको ३८औं मिनेटमा गोल गरे। जावलाखेलका लागि तेस्रो गोल इञ्जुरी समयमा सुजीतले नै गरे। सुजित म्यान अफ दी म्याच बने। उनले १० हजार पुरस्कार पाए।

जावलाखेलले अब अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ। प्रतियोगितामा सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सह-आयोजक रहेको छ। प्रतियोगिताका विजेताले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.