|

अष्ट्रेलियामा राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन भएका छन्।

विश्व शारीरिक सुगठनअन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ का लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनलमा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि हात पारेका हुन्।

जीतसँगै उनले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गर्नेछन्। राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स ‘ट’ (काठमाडौं)बाट सहभागी भएका हुन्।

पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा भाग लिएका भट्टले दुवैमा स्वर्ण पदक जितेका हुन्।

प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.