खेलकुद

सन्दीपलाई ओभल इन्भीसीबेलले १ करोड ४७ लाखमा अनुबन्ध गर्‍यो
SHARES

कात्तिक ४, २०७६

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अन्तर्राष्ट्रिय आइकोन सन्दीप लामिछाने अहिलेसम्मकै सर्वाधिक मुल्यमा इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटका लागि अनुबन्धित भएका छन्। 

    उनलाई १ लाख पाउन्डमा इन्भीसीबेलले अनुबन्ध गर्‍यो। इग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ का लागि आइतबार राति भएको छनोटमा ड्राफ्टबाट सन्दीप ओभल इन्भीसीबेलमा अनुबन्धित भएका छन्।

    इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड करिब १ करोड ४७ लाख नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको हो। विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन्। सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी–१० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए। उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्को गरेको थियो। एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ।

    इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन्। हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने व्यबस्था रहेको छ। आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष टिम फाइनलमा पुग्नेछ। यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]