|

गुल्मी : स्याङजा र गुल्मीलाई जोड्ने मोटरेबल पुल जीर्ण बन्दै गएको छ। २०५२ सालमा कालीगण्डकी जलविद्युत् परियोजना ए निर्माणको क्रममा रेप्कामा इटालियन कम्पनीले निर्माण गरेको दुई जिल्ला जोड्ने पुल  जीर्ण बनेको हो।

कालीगण्डकी नदीको पानीले पुलको पिल्लर भएको ठाउँको माटो बगाउँदा पुल जीर्ण बन्दै गएको हो। यस पुल हुँदै बुटवल र पोखरादेखी  गुल्मीको पुर्तिघाट र बाग्लुङसम्म सवारी साधनहरु जान्छन्। जुन सुकै समयमा पनि पुल भत्किन सक्ने स्थानीय जीवन राना बताउँछन्। वर्षौदेखि जीर्ण रुपमा रहेको पुलबारे हालसम्म सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ। 

यता गुल्मीको कालीगण्डकी गाउँपालिका–१ का वडाध्यक्ष ठानिश्वर पाण्डेले पुलमा आएको समस्या समाधान गर्नुपर्ने बताउँछन्। गाउँपालिकाका प्रमुख वेद थापा मगरले दुई वर्षअघिदेखिनै आफूले पुलको समस्या समाधान गर्न लागिपरेको बताउँछन्। यस वर्ष सडक डिभिजन कार्यालयबाट टेन्डर गर्ने प्रक्रियामा गएकाले केही वर्षमै समस्याको समाधान हुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.