|

भारतका दुई राज्यमा विधानसभा निर्वाचनका लागि मतदान भइरहेको छ।

महाराष्ट्र राज्य र हरियाणा राज्यमा विधानसभाका लागि सोमबार बिहानैदेखि मतदान भइरहेको हो।

महाराष्ट्रमा २८८ विधानसभा सिटका लागि मतदान भइरहेको छ भने हरियाणामा ९० विधानसभा सिटका लागि मतदान भइरहेको हो।

यता उत्तर प्रदेशका ११ विधानसभा सिटमा पनि उपनिर्वाचनको मतदान भइरहेको छ। कूल १७ राज्य र केन्द्रको शासन रहेका प्रदेशका ५३ सिटमा उपनिर्वाचन पनि भइरहेको छ।

यो निर्वाचनलाई प्रधानमन्त्रीसमेत रहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी र प्रतिपक्षी कांग्रेस अध्यक्ष सोनिया गान्धीको परीक्षाको रूपमा पनि हेरिएको छ।

यो निर्वाचन मोदीले प्रधानमन्त्रीमा दोस्रो कार्यकाल सुरु गरेपछि हुँदैछ। यता राहुल गान्धीले कांग्रेस अध्यक्ष पद छोडेर पार्टीको नेतृत्व सोनियाको हातमा पुगेपछिको पनि यो पहिलो निर्वाचन हो।     

भाजपा यी दुई राज्यमा सत्तालाई निरन्तरता दिने अभियानमा छ भने कांग्रेसले सत्तामा फर्किने कोसिस गरिरहेको छ। कांग्रेस अप्रिल र मे मा भएको लोकसभा निर्वाचनमा भएको पराजयबाट उठ्न सकेको छैन भने भाजपाले यो निर्वाचनमा सहज रूपमा सत्तामा फर्किने आस गरिरहेको छ।

हरियाणामा कांग्रेस पूर्वमुख्यमन्त्री भूपिन्दर सिंह हुड्डाको नेतृत्वमा चुनाव लडिरहेको छ भने भाजपा मुख्यमन्त्री मनोहरलाल खट्टरको नेतृत्वमा चुनावी मैदानमा छ। महाराष्ट्रमा भने कांग्रेस र भाजपा दुवै क्षेत्रीय दलहरूसँग गठबन्धन बनाएर चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.