|

काठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने तीनजनालाई नोट बनाउन प्रयोग हुने समानसहित पक्राउ गरेको  छ ।

प्रहरीले सोमबार बिहान साढे ५ बजे गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, त्यही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको हो।

नयाँबस्ती बिपुल चोकस्थित एक घरमा कोठा भाडामा लिई  नक्कली नोटहरू छापिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट १ हजार दरका ३४ थान (३४ हजार), विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२  थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ ।

यसै गरी  रंगीन फोटोकपी मेसिन एक थान, कम्प्युटरको सिपियु २ थान, त्यसको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कैंची ४ थान, ग्लुस्टिक ७ थान बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.