समाज

जमल र रत्नपार्कको आकाशे पुलमुनि वाटर फाउण्टेन बन्दै
SHARES

कात्तिक ४, २०७६

    काठमाडौंः  रत्नपार्क र जमलको आकाशे पुलमुनि रहेको ट्राफिक आइल्याण्डमा वाटर फाउन्टेन बन्ने भएको छ। काठमाडौं महानगरपालिकाभित्रको ट्राफिक आइल्याण्डलाई खाली नराख्ने योजनासहित पानीको फोहोरा निर्माण गर्न लागिएको हो।

     दुवै स्थान भित्रिने र बाहिरिने भएकोले बढी भिडभाड हुने भएकोले त्यसलाई आकर्षित गर्नको लागि पानीको फोहोरा निर्माण गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

    प्रभु बैंकले दुवै पुलमुनि रहेको आइल्याण्डमा पानीको फोहोरा निर्माण गर्न लागेको हो। फोहोरा निर्माणको लागि काठमाडौं महानगरपालिका र प्रभु बैंकबीच चाँडै सम्झौता हुन लागेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले बताए।

    उनका अनुसार दुई स्थानमा निर्माण हुन लागेको हो। महानगरको मध्यभागमा रहेकोले यसले समग्र उपत्यका र महानगरको आकर्षणलाई बढाउने उनको दाबी थियो।

    महानगरको ट्राफिक आइल्याण्डमा खाली नराख्ने योजनासहित पानीको फोहोरा निर्माण गर्न लागेको उनको भनाइ थियो। अन्य ट्राफिक आइल्याण्डमा फूल रोप्न थालसकेको उनले जानकारी दिए।

    महानगरपालिकाले न्युरोड गेट अगाडिको ट्राफिक आइल्याण्ड र भृकुटीमण्डप अगाडिको आइल्याण्डमा फूल फूलाउन थालिसकेको छ। 'हरियाली र सुन्दरतालाई महानगरले पहिलो प्राथमिकतामा राखेको छ,' उनले भने,' वृक्षरोपण देखि खाली भएको जग्गामा सबै फूल रोप्ने काम भएको छ।'

    तीनकुनेको पार्क निर्माण प्रक्रिया पनि चाडै अगाडि बढाइने उनले बताए। तत्काल मुआब्जा विवाद नमिलेकोले निर्माण प्रक्रिया रोकिएको उनको भनाइ छ। मुआब्जा पाउँन बाँकी  स्थानीय १५ परिवार जति छन,'उनले भने,' मुआब्जाको दरभाउ नमिलेकोले विवाद मिल्न नसकेको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]