|

काठमाडौं :  जापानका प्रधानमन्त्री सिन्जो आबेले नेपालमा लगानी बढाउने प्रतिवद्धता जनाएका छन्। जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार भएको भेटका क्रममा प्रधानमन्त्री आबेले विभिन्‍न सहयोगका पाटामा नेपालसँग सहकार्य बढाउने प्रतिवद्धता जनाएका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका क्रममा जापानी प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता जनाएका परराष्ट्र मन्त्रालयले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

भेटका क्रममा प्रधानमन्त्री आबेले नेपालसँगको सम्बन्धका बहुआयामिक पाटामध्ये महत्वपूर्ण केही क्षेत्रमा सहयोग बढाउन चाहेको उल्लेख गरेका हुन्। 'हामी नेपाललाई पूर्वाधार विकास, व्यापार विस्तार, लगानी प्रवर्द्धन, मानवीय स्रोतसाधन र क्षमता विकास तथा पर्यटन प्रवर्द्धनका लागि नेपाललाई सघाउन तयार छौँ', आबेले राष्ट्रपतिसँगको भेटमा भनेका छन्। 

जापानका प्रधानमन्त्रीले नयाँ राजा नारुहितको राजगद्दी आरोहण समारोहमा सभागी हुन गरिएको निम्ता स्वीकारेकोमा पनि राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका छन्।

'हाम्रो निम्ता स्वीकार गरेर पहिलो पटक राष्ट्रपतिकारुपमा आउनु भएकोमा धन्यवादसहित हामी आभार व्यक्त गर्दछौँ', प्रम आबेले भने, 'हाम्रो पुरानो मित्र राष्ट्र नेपाललाई सामजिक तथा आर्थिक क्षेत्रको विकासका लागि सहकार्य गर्दै सहयोग बढाउन तयार छौँ। नेपालसँगको व्यापारको क्षेत्रलाई अझै विस्तार गर्न पनि हामी तत्पर रहेको जानकारी गराउँछौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.