|

सिन्धुपाल्चोक : सुनकोशी गाउँपालिका ७ मा एक युवकको हत्या भयो। बाह्रबिसे नगरपालिका ४ का जीवन थापा शव मलखादमा पुरिएको अवस्थामा फेला पर्‍यो।हत्या गरेर उनको शव मलखादमा पुरिएको प्रहरीले अनुमान लगायो। 

मृतक लामोसाघु जिरी सडकखण्डमा कार्यरत जेसिभि हुन्। प्रहरीले हत्याको आरोपमा सुनकोशीकै प्रतिमा विश्वकर्मा र जुना कार्की पक्राउ गरेको छ। घर छेउकै जंगलमा लुकिरहेको अवस्थामा प्रतिमालाई पक्राउ गरिएको डिएसपी माधव काफ्लेले जानकारी दिए। पक्राउपछि उनीमाथि अनुसन्धान भइरको उनले बताए। 

थापा शुक्रबार बेलुकाबाट हराएका थिए। उनको साथीले हराएको उजुरी गरेपछि प्रहरीले खोजी गरेको हो। प्रहरीले खोजी गर्दा आइतबार उनी मृत्य भेटिएका थिए। 

यस्तो छ प्रारम्भिक अनुसन्धान 

प्रारम्भिक अनुसन्धानबाट जीवन र प्रतिमा पहिल्यै देखिको चिनजान भएको बुझिन्छ। शुक्रबार राति जीवन प्रतिमाको घरमा गएको देखिन्छ। तर, दुवैले मादक पदार्थ सेवन गरेको पनि हुनसक्छ। 

‘मादक पदार्थ सेवन गरेर सुतेको थिए। राति आफूनजिकै जीवन पनि सुतिरहेको रहेछन्’ उनले प्रहरीसामू भनिन्, ‘जीवनलाई छाम्दा चिसो भइसकेको रहेछन्। उनको मृत्यु भएपछि डरले बिहान नजिकै रहेको जुना कार्कीको घर छेउमा रहेको मलखाडीमा गाडीदिए। शव गाड्ने क्रममा मलाई जुना कार्कीले पनि देखिँन। मैले उनलाई घटनाको बारेमा नभन्न आग्रहको गरेकी थिएँ।' 

प्रहरीले जुनालाई घटनाको बारेमा जानकार भएर पनि खबर नगरेको आरोपमा पक्राउ गरेको हो।

दोषीको भन्न सक्ने अवस्था छैन 

घटको थप अनुसन्धान जारी छ, हत्यामा अहिल्यै क-कसको संलग्नता रहेको भन्न सक्ने अवस्था भएकोले डिएसपी काफ्लेको भनाई छ। घटनमा अन्य व्यक्तिहरू पनि जोडिन सक्ने अवस्था सिर्जना भएको उनको दावी छ। ‘त्यसैले अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको अहिल्यै भन्न सक्ने अवस्था छैन’ उनले भने। 

एक सातामै दुईको हत्या

सिन्धुपाल्चोकमा एक सातमा दुई जनाको हत्या भएको छ। आइतबार भेटिएको जीवन थापा र बिहिबार हत्या भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ गुन्साका २८ वर्षीय विजय गोलेको हत्या भएको हो। सामान्य विवाद हुँदा उनको हत्या भएको प्रहरीले अनुमान लगायो। तर, बिहीबार घाँटी रेटेर वीभत्स हत्या भएको कारण खुल्न सकेको छैन। प्रहरीले हत्याको आरोप सोही गाउँपालिकै २३ वर्षीय  मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो लगायो। 

शंकास्पद क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरेर आरोपीको खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको भए पनि अहिलेसम्म आरोपी समेत पक्राउ गर्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.