|

जनकपुरधाम : प्रदेश २ को लोकसेवा आयोगमा नियुक्त दुई सदस्यले सोमबार पद तथा गोपनियताको शपथ लिएका छन्। सदस्यद्धय डा. सुजाता देव र महारुद्र झालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका हुन्।

आयोगका नवनियुक्त सदस्य देव सप्तरीको राजविराज नगरपालिका ४ का हुन्। उनी प्रमुख प्रतिपक्षी नेकपाको कोटाबाट सदस्यमा नियुक्त भएकी छन्। यस्तै महोत्तरीको एकडारा ४ घर भएका झा राजपाको सिफारिसमा सदस्यमा नियुक्त भएको स्रोतले जनाएको छ। यसअघि भदौं २२ मा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसा यादब यादब पद तथा गोपनियताको शपथ लिएका थिए। यादब समाजवादी पार्टीको सिफारिसमा नियुक्त भएका छन्।

दुई सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ। प्रदेश प्रमुख कायस्थको कार्यालयमै सदस्यद्बय देव र झालाई शपथ ग्रहरण गराएको छ। सो अवसरमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब, सामाजिक विकासम मन्त्री नवलकिशोर साह, उधोग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादब लगायतको उपस्थिति रहेको थियो।

गत साउत २२ गते प्रदेशसभाबाट लोकसेवा आयोग विधेयक पारित भएका थिए। त्यसपछि आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि मुख्यमन्त्री राउतको संयोजकत्वमा तीन सदस्य सिफारिस समिति बनाइएको थियो। उक्त समितिको सिफारिसमा आयोगले पूर्णता पाएको छ।

आयोग कार्यालयविहीन

लोकसेवा आयोगले पूर्णता पाइसक्यो। आयोगको अध्यक्ष नियुक्त गरिएको तीन महिना वित्न लागेको छ। तर कार्यालयको भने अझै टुंगो लाग्न सकेका छैन। कार्यालय नभएपछि अध्यक्ष र सदस्यद्धय कहाँ बस्ने भन्नेमा अन्योल छ।

आयोगले पूर्णता पाएलगत्तै कर्मचारी भर्ना प्रक्रिया अगाडि बढ्ने मुख्यमन्त्री लालबाबु राउतले पटक पटक धारणा राखेका थिए। तर आयोगको कार्यालय व्यवस्थापन गर्न भने चासो लिएको देखिँदैन। आयोगका अध्यक्ष यादबले दुई/तीन ठाउँमा कार्यालयका लागि घर हेरेको र सकभर आजै निर्णय लिइने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.