|

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भन्सार छलेर ल्याएको अवैध चाँदीका गहनासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको पलिया घर बताउने ३८ वर्षीय विनोद बर्मा र ३६ वर्षीयको सुवोद बर्मा रहेका छन्। सोमबार जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ५ बागबजारबाट उनीहरूलाई पक्राउ गरिएको  हो। 

अवैध रुपमा चाँदीका पायलहरू झोलामा राखी बिक्री वितरण गर्ने उद्देश्यले हिँडिरहेको भन्ने विशेष सुराकीको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा झोलामा लुकाएर राखेको ९३८ ग्राम (८० तोला) बराबरका चाँदीका पायलहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी निरीक्षक एवं प्रवक्ता लक्ष्मण खड्काले जानकारी दिए। 

पक्राउ परेका दुबैजनालाई आवश्यक कानुनी कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर, बाँके पठाइएको प्रवक्ता खड्काको भनाइ छ।

त्यसैगरी मकवानपुर प्रहरीले भन्सार छली ल्याएको अवैध चाँदीको गरगहनासहित एकजनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडाबाट प्रहरी सहायक निरीक्षक जय बहादुर प्रधानको कमाण्डमा खटी गएको टोलीले  हेटौंडा २ देविपथमा ना १४ प २८३६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट र ट्याङकिमा लुकाई छिपाई ल्याएको अवस्थामा पक्राउ गरेको हो।

पाउजु ७१६ तोला, सिक्का ८४ तोला, बाला, ताबिज र कडी ६५ तोला, चम्चा ६५ तोला, थाली, आशन र बासुरी ११८ तोला, चाबी रिङ १२२ तोला, सिन्दुर दानी ५४ तोला, मूर्ति १९१ तोला गरी जम्मा चाँदी १ हजार ४१५ तोला चाँदीसहित भारतको मोतिहारी आदपुर–हरपुर ५ बस्ने वर्षीय १८ को राकेशकुमार सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए। 

सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको र चाँदीको गरगहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंज पर्सा पठाइएको प्रवक्ता भट्टराईले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.