काठमाडाैं : पूर्व राष्ट्रिय फुटबलर बिजय गुरुङको कप्तानीमा एएफसी कप फुटबल च्याम्पिनयसिपका लागि नेपाली टोली इरान पुगेको छ। नेपाली समयअनुसार १४ सदस्यीय टोली सोमबार दिउसो १ः३० बजे टोली इरानको उर्मिया पुगेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहन ९ः३० मा हिनेको नेपाली टोली कतार एयरवेजमा कतार हुँदै इरानको इमाम खोमेइनी एयरपोर्ट राति १२ः४५ मा अवतरण भएको थियो। त्यसपछि ११ घण्टा बसको बाटो हुँदै उर्मिया पुगेको हो।
प्रतियोगिताको दुई दिन अघि नै इरान आइपुगेको नेपाली टोलोले इरानमा सेन्ट्रल तथा दक्षिण एसियाली छनोटका खेल खेलाइने भेन्युमा दुई दिन प्रशिक्षण लिनेछ। एएफसीको नियम र इन्डोर खेल भएकाले टोली दुई दिन अघि नै इरान आइपुगेको प्रशिक्षक विष्णु गुरुङले जानकारी दिए।
’हामीले नेपालमा खुल्ला मैदानमा प्रशिक्षण लिएका थियौं। यहाँ इन्डोर खेल्नु पर्ने छ’ प्रशिक्षक गुरुङले भने, ’हामीले एक दिन यहाँ प्रतियोगिता संचालन हुने भेन्युमा प्रशिक्षण लिने छौँ। जसले खेलाडीलाई इन्डोरको वातावरणसँग छिटो घुलमिल हुन सहज हुनेछ।’ लामो समय नेपाली फुटबलको अनुभव बटुलेका र युवा खेलाडी समेत टोलीमा रहेकाले नतिजामा सुधार आउनेमा विश्वस्त रहेको प्रशिक्षक गुरुङको भनाई छ।
समूह ए मा रहेको नेपालले अक्टोबर २३ मा ताजकिस्तनसँग खेल्दै प्रतियोगिताको सरुवात गर्ने छ। त्यस्तै दोस्रो खेल २४ तारिख उज्वेकिस्तान र तेस्रो खेल २५ तारिख अफ्गानिस्तानसँग खेल्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।