|

काठमाडौं  : यस वर्ष ११४० नेपाल सम्बत् मनाउन उद्यमी रमेश महर्जनको अध्यक्षतामा ७४ सदस्यीय राष्ट्रिय समारोह समिति गठन गरिएको छ। उक्त समितिले नेपाल सम्बत्लाई व्यवस्थित रुपमा सम्पन्न गर्न ४० सदस्यीय सचिवालय समितिसमेत गठन गरिएको छ।

यही कात्तिक १२ गते वसन्तपुरबाट शुरु हुने र्‍यालीलाई व्यवस्थित तथा प्रवद्र्धनका लागि आर्थिक समिति, सञ्चार समिति, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सञ्चालन गरिने गतिविधिलाई अभिलेख गर्न समन्वय समितिलगायत गठन गरिएको छ। 

समितिका अध्यक्ष महर्जनले उक्त सम्बत्का प्रवद्र्धक शंखधर साख्खाले ११४० वर्ष अगाडि जनताको ऋण मोचन गरी नेपाल सम्बत् स्थापना गरेको भए पनि यसको आवश्यक कार्यान्वयन तथा प्रचारप्रसार हुन नसकेकामा चिन्त व्यक्त गरे। 

विसं २०५६ (नेपाल सम्बत् ११२९) मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले यो सम्बत्लाई राष्ट्रिय सम्बत्का रुपमा मान्यता दिएको समितिले जनाएको छ।  

समितिले यही कात्तिक १० र ११ गते कात्तिक कृष्ण औँसी (लक्ष्मी पूजा) परेकाले १२ गते म्ह पूजा र १३ गते भाइटीका गर्न बिदाको माग गरेको छ। 

नेवार समुदायको परम्पराअनुसार नेपाल सम्बत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ। त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल सम्बत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन्।

पञ्चाङ्ग निर्णायक समितिले गोवद्र्घनपूजा, यमद्वितीया, भाइटीका र नेपालसम्बत् ११४० वर्षारम्भ कात्तिक १२ गते मङ्गलबार परेको सिफारिस गरेकाले सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.