|
फाइल फाेटाे

काठमाडौं : फ्लोरिकल्‍चर  एशोसियसन नेपालले गैर पुष्प व्यसायीले बिक्री गरेको फूलहरू नकिन्नको लागि सर्वसाधारणलाई अपिल गरेको छ। संघले सोमबार विज्ञयप्ति जारी गर्दै गैर पुष्प व्यवसायीले ठूलो मात्रामा सयपत्री फूलको माला आयात गरेको आशंका यस्तो अपिल गरेको छ। 

'नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरी ठूलो मात्रामा भारतीय बजारबाट सयपत्री फूलको माला गैर पुष्प व्यवसायीहरुले अनियन्त्रित रुपमा आयात गरी उपत्याका भित्रका  बिभिन्न कोल्डस्टोरहरुमा भण्डारण गरि राखेको जानकारी प्राप्त भएको हुदा यस बिषयमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ।' विज्ञप्तिमा भनिएको छ।

यस्तो माला विक्री हुँदा नेपाली किसानको फूलको बजारीकरणमा समस्या पर्ने भन्दै सचेत गराएको छ। 'नेपाली पुष्प किसानहरुले उत्पादन गरेको सयपत्री फूलको मालालाई आयातित सयपत्री फूलको मालाको बिक्रीबाट प्रत्यक्ष असर पर्ने देखिएको छ' विज्ञयप्तिमा भनिएको छ 'उक्त माला बेच बिखन कार्यमा रोक लगाई स्थानीय किसानहरुको उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याई दिनु हुन सम्बन्धित सरोकारवाला निकायहरुसंग यस संस्था हार्दिक अपिल गर्दछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.