|

काठमाडौं : उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा विभिन्न ५२ पदमा आगामी मंसिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ। यसका लागि निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ।

कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको सोमबार आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ।

हेर्नुहोस् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सूची :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.