|

भद्रपुर, (झापा) : यात्रुवाहक बसभित्रै युवतीको ब्यागबाट एक लाख चोरी गरेको आरोपमा दुई भारतीय महिला पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंकी घर बताउने २५ वर्षीया पूजा गुल्ठा र सोही ठाउँकी २५ वर्षीया कविता मण्डल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका २ बस्ने ४० वर्षीया विमला रोक्का (सार्की) काँकडभिट्टा-बिर्तामोड चल्ने रुढको बसमा यात्रा गर्दा उनले बोकेकी लेडिज ब्यागबाट ती दुई भारतीय महिलाले एक लाख रुपैयाँ चोरेका थिए। बसभित्रैबाट महिलाको एक लाख चोरी भएको होहल्ला भएपछि इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चाराआलीको प्रहरी टोलीले तत्काल घटनास्थल पुगेका थिए। 

प्रहरीले चोरी भएको रकमको खोजतलाससँगै चेकजाँच गर्ने क्रममा मेचीनगर नगरपालिका १३ स्थित चाराआली चोकमा रहेको मेट्रो पेट्रोल पम्पनजिकै काँकडभिट्टातर्फ टेम्पोमा चढेर जान लागेको अवस्थामा भारतीय ती दुई महिलालाई नगदसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

पक्राउ परेका दुवै महिलालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ। 

  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.