|

चितवन : त्रिभुवन आर्मी क्लब चितवनको नारायगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै आर्मी प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो। 

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। तर, दोस्रो हाफको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्री किकमार्फत गरेको गोल नै आर्मीको जितमा निर्णायक बन्यो। विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि पाएको फ्री किकमा राष्ट्रिय खेलाडी तामाङले गोल गरे। 

एपीएफ आजको हारसँगै प्रतियोगिताबाटै बाहिरिएको छ। अब सेमिफाइनलमा आर्मीले घरेलुटोली चितवन ११ को सामना गर्नेछ। आर्मीका जर्सी नम्बर २९ का विमल पाण्डे म्यान अफ दी म्याच बने। उनले नगद १० हजार पुरस्कार पाए। 

नारायणगढ जेसिजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फुटबल संघ सअआयोजक रहेको छ। प्रतियोगिता विजेता टिमले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.