|
फाइल फोटो

चितवन : चितवनमा साउनयता भएका सवारीसाधन दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ। उक्त समयमा ८१ दुर्घटना भएका थिए। दुर्घटनामा परी १८० जना घाइते भएका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन्। कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महिनामा २४ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन्।

यस्तै, पूर्व–पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८÷१८, पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८५ दुर्घटना भएका थिए। ती दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन्। रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दुर्घटना हुने गरेको उनको भनाइ छ। दुर्घटना कम गर्न ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ। जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.