|

सप्तरी :  सप्तरीको रुपनी गाउँपालिका १ रामपुरका एक किसानको गोठबाट भैंसी चोर्दाचोर्दै एक व्यक्ति रङ्गेहात पक्राउ परेका छन्। 

स्थानीय विशेश्वर यादवको घर नजिकै रहेको गोठमा बाँधेको भैंसी खोलेर हिंड्ने तर्खर गरिरहेका २६ वर्षीय रफिल मियाँलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको हो। सप्तरीको बोदेबर्साइन नगरपालिका ५ घर भएका मियाँको प्रारम्भिक बयानको आधारमा सिरहाका एक र धनुषाका एक गरी तीन जना भैंसी चोरीमा संलग्न रहेकालाई पक्राउ गरी सप्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा डिएसपी तिलक भारतीका अनुसार मियाँलाई नियन्त्रणमा लिए लगत्तै खोजतलास गर्ने क्रममा पूर्व पश्चिम सडकको रुपनी चोकबाट ज. १ च १२०१ नम्बरको पिकअपमा भैंसी लोड गर्ने तयारीसहित बसिरहेका दुई जनालाई पक्राउ गरिएको हो। 

पक्राउ परेकाहरुमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका  ४ महेशपुरपतारका करिब ३५ वर्षीय नसरुल मियाँ र धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ बस्ने करिब २८ वर्षीय नारायण बुढाथोकी रहेको डिएसपी भारतीले बताए। 

भैंसी लोड गर्न राखिएको पिकअप भ्यानसहित इलाका प्रहरी कार्यालय रुपनीको टोलीद्वारा पक्राउ परेकाहरुलाई राजविराजस्थित  जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.