काठमाडौं : दशैंको रौनक सकियसँगै तिहारको रौनक सुरु भएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँग अहिले बजार सामान खरिद-बिक्री गर्नेहरूको भिड लाग्न थालेको छ।
काठमाडौंको मुख्य बजार असनका व्यापारीलाई पनि तिहारका सामान बेच्न भ्याइ नभाइ छ। भाइ मसाला, दियो, सप्तरंगी टीका, मालालगायतका तिहारमा चाहिने सामग्री खरिद गर्न ग्राहकहरूको भिड लाग्ने गरेको छ।
यस वर्षको तिहार शुक्रबारबाट सुरु हुँदै छ। पञ्चाङ निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते ११:५५ लाई तोकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।