|

ओखलढुंगा : पर्यटक वर्ष २०२० मा ओखलढुंगाको पोकलीमा २० पर्यटक पुर्‍याउने तयारी भइरहेको छ।

पर्यटन वर्ष २०२० भित्र नेपालमा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक ल्याउने योजना रहेको हो। देशकै दोस्रो अग्लो झरनाका रुपमा रहको ओखलढुंगाको पोकलीमा पर्यटन प्रवर्द्धनका लागि बिभिन्न पूर्वाधर निर्माण गरिसएिको र बिभिन्न मेला तथा महोत्सव गरी २० हजार र्पाटक पोकलीमा भित्र्याउने लक्षका साथ आफूहरू लागि परेको पोकली झरना सवा समाजका अध्यक्ष मिलन कुमार बिष्टले बताए।

२०२० मा कम्तिमा २० हजार विदेशी पर्यटक पोकली झरना देखाउन ल्याउने र महोत्सव सहितका औपचारिक कार्यक्रम गरी झरना र पोकली यहाँको विशेषता सहितको बृतचित्र बनाएर विश्वभर प्रचार गर्ने अन्तिम तयारीमा रहको उनको भनाई छ। 

प्रचार-प्रसारको अभावले ओझेलमा परेको पोकली झरनाको विश्वमा प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखी २०६५ देखि निरन्तर ३ वटा पोकली झरना महोत्सवसमेत भएका थिए भने पर्यटकीय क्षेत्र पोकली झरनाको प्रचार-प्रसारका लागि कार्तिक १६ गते सांस्कृतिक महोत्सव समेत गरिन लागेको पोकली झरना सवा समाजले जनाएको छ।

सांस्कृतिक महोत्सवमा इन्द्रेणी समाज काठमाडौैं र जिल्लाका कलाकारको प्रस्तुति रहने छ। महोत्सवमा तामाङ, सुनुवार, ब्राह्मण, शेर्पा, मगरसहितका जातजातिले आ-आफ्नो जातीय पहिचान झल्काउने सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन्। सांस्कृतिक महोत्सवको पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाएको छ।

देशकै दोस्रो अग्लो झरना हो पोकली  १३० मिटर अग्लो पोकलीको बयान गरेर सकिन्न, यहाँको सौदर्यता र पाकृतिको अमूल्य उपाहारको। वर्षमायामा पुग्नेले झरना कै दृश्य हेरेर सबथोक भुल्छन्। चैत वैशाखको हिउँद याममा क्यानोनिङका लागि साह्रै उपयुक्त मानिन्छ। लिखु गाउँपालिका ९, ओखलढुंगामा पर्ने पोकली झरना पर्यटन वर्ष २०२० को सय गन्तव्य सूचीमा समेत परेको छ।

आन्तरिक तथा बाह्य पर्यटक दुवैका लागि एक पटक पुग्नै पर्ने गन्तव्य हा पोकली। धेरै नेपालीले समेत हुलाकका टिकट र खाममा पोकली देखे पनि यसको प्रत्यक्ष अवलोकन गर्न पुगेका छैनन्। त्यसैले पर्यटन वर्षमा घुम्ने योजना भए त्यसको सूचीमा पोकलीलाई राख्न सकिन्छ।

कसरी पुगिन्छ पोकली

पोकली जानका लागि सबैभन्दा छोटो बाटोको रूपमा हालसम्म रामेछाप सदरमुकाम मन्थलीबाट जाने रहेको छ। काठमाडौँदेखि मन्थली चार घण्टामा र त्यहाँबाट कच्ची बाटो तीनदेखि साँढे तीन घण्टामा पोकली पुग्न सकिन्छ। बाटो कच्ची भएकोले वर्षमायामा केही समस्या हुने गरे पनि अवको समय पोकली सहज रुपमा पुग्न सकिन्छ।

वर्षमायामा फोर ह्विल गाडी लिएर जाँदा पोकली सम्मको यात्रा सहज हुने गर्दछ। हिउँद लागेसँगै साना गाडी तथा बसहरू नै पोकली झरनासम्म पुग्छन्। अहिले पनि गत आइतबारदेखि अरनिको यातायातका वस संचालनमा आइसकेकाछन्। मोटरसाइकलमा पनि पोकली जान सकिन्छ।

काठमाडौँबाट खुर्कोट, मन्थली, धोबी, सिरिसे, ढाडे हुँदै पोकली जान सकिन्छ। अफरोड मोटरसाइकल चलाउनले वैकल्पिक ट्यूब र हाते पम्प जस्ता सामग्री साथै लिएर जान सके बाटोमा सहज हुन्छ। यस्तै गरी रामेछापको मन्थली सालु हुँदै राँघुटार वजारबाट लिखु गाउँपालिकाको केन्द्र यसम हुँदै पनि पोकली पुग्न सकिन्छ।

काठमाडौँबाट तीन दिनमै झरना र आसपासको मनोरम क्षेत्र पनि घुमेर आउन सकिन्छ। यो मुलुककै दोस्रो अग्लो झरना हो। निकै अग्लो डाँडादेखि ठोक्किँदै ठोक्किँदै झरेको पानीको फोहरा। एक पटक देख्ने जो कोहीलाई फेदमा पुग्न मन लाग्छ।

पोकलीदेखि पिके पदयात्रा

पोकली झरनासँग जोडेर सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गर्ने तयारी भएको छ। यसलाई पोकली टु पिके ट्रेल नामाकरण गरिने बताइएको छ। पोकली झरनादेखि चुली गौरीवन हुँदै देम्बाडाँडा र सोलुखुम्बुको पिकेसम्म पदमार्ग निर्माण गरिने छ। यस पदमार्गमा गुराँस फुल्ने र डाँफे भेटिने जंगल हुँदै सगरमाथा हिमशृंखला नजिकबाट नियाल्ने ४ हजार २ सय मिटर उचाइको पिके डाँडा पर्दछ।

यो पदयात्रा थोरै खर्चमै अत्यन्तै आकर्षक गन्तव्यहरू हेर्दै गरिने नयाँ पदमार्गको रूपमा विकास हुँदै छ। पदमार्गका लागि संविधानसभाको निर्वाचन पश्चात संविधानसभाका पूर्व सभासद बालकृष्ण ढुंगेलसहित पोकलीको  एउटा समूह नै सक्रिय भएर लागि परिरहेको छ।

पाकली पर्यटकीय क्षेत्र भए पनि २०६४ को निर्वाचन अघि यसको प्रचार-प्रसार कै अभावमा पर्यटन भित्र्याउन नसकिएको स्थानीय बताउँछन्। प्रवर्द्धनका लागि २०६५ मा पहिलो पोकली झरना महोत्सव भए पछि पोकली झरना आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थान बन्न सफल भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.