|
फाइल तस्विर

संखुवासभा : संखुवासभाको स्थानीय तहमा उप निर्वाचन हुने भएपछि दलहरू चुनावी मैदानमा होमिएका छन्। आसन्‍न उपनिर्वाचनका लागि राजनीतिक दलहरू चुनावी अभियान तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उपनिर्वाचन मिति तोकेपछि दलहरू उम्मेदावर छान्‍न व्यस्त भएका हुन्।

अहिले संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन्। मकालु गाउँपालिका अध्यक्षको पद र खाँदबारी नगरपालिका ३ मा वडाध्यक्ष पद रिक्त छ।

गाउँपालिका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो। वडाध्यक्षको हृदयघातबाट मृत्यु थियो। मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी नगरपालिका-३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो। 

गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवहाकका भरमा चलेको छ। मकालु गाउँपालिकामा कार्यवहाकको उपाध्यक्ष चमेली राईले अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्। खाँदबारी-३ मा वडाका ज्येष्ठ सदस्य देवराज घिमिरेले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

नेकपाले उम्मेदवार टुंग्यायो

उपनिर्वाचन हुने भएपछि दलहरू उम्मेदवारी छान्‍न व्यस्त भएका छन्। नेकपा रिक्तपद खाँदबारी नगरपालिका-३ को वडा अध्यक्षकाका लागि उम्मेदवारको टुंगो लगाएको छ। नेकपाले मंगलबार वडा नम्बर-३ मा बसेको बैठकले सर्वसम्मत भरत घिमिरेलाई पठाउने निर्णय भएको नेकपा वडा समितिका अध्यक्ष भानु पराजुलीले बताए।

वडाअध्यक्ष पराजुलीले पटकपटकको छलफलबाट भरत घिमिरेलाई पठाउने सहमति भएको बताए। सुरुमा नौजनाको नाम आएको भएपनि अन्तिममा घिमिरेको पक्षमा सहमति जुटेको उनले बताए। वडा समितिले घिमिरेको नाम नगर हुँदै जिल्ला पठाइने जनाएको छ।

उता, नेपाली कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउने सकेको छैन। कांग्रेसले तिहारअघि नै उम्मेदवारको टुंगो लगाउन छलफल भइरहेको संखुवासभाका सभापति दीपनकुमार श्रेष्ठले जानकारी दिए।

वडा नम्बर-३ मा यसअघि नेकपाले जितेको थियो। वडा नम्बर-३ नेकपाका प्रभावशाली नेता तथा जिल्ला अध्यक्ष हेमराज घिमिरेको पकड क्षेत्र हो। संखुवासभामा ठूलो नेकपा र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी छन्। त्यस्तै कांग्रेसबाट अघिल्ला निर्वाचनमा पराजित भएका बाबुराम खत्री,  डिल्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ,र बालकुमार घिमिरेको नाम चर्चामा छ।

१० स्थानीय तह रहेको संखुवासभाका पाँच स्थानीय तहमा नेकपा र पाँच तहमा नेपाली कांग्रेसले जितेका छन्।  वडा नम्बर-३ मा १८ सय २२ मतदाता छन्।

उता, मकालु गाउँपालिकामा नेकपाका खड्ग कटुवालले कांग्रेसका राईबहादुर राईलाई हराएका थिए। मकालुमा दुई दलले उम्मेदवार छान्‍न सकस परेको छ। चुनावको मिति नजिकै जाँदा उम्मेदवार छान्‍ने छलफल र बैठकलाई तीव्रता दिइरहेका छन्। नेकपाले मकालु गाउँपालिकामा १५ गते जिल्ला कमिटीले बैठकले टुंगो लगाउने नेकपाका पार्टी सचिव कृष्ण जिमी (भरत) ले जानकारी दिए।

नेकपा र कांग्रेस दुईले चुनावी अभियान सञ्चालन गरी रहेका छन्।  दलहरूले कार्यकर्ता भेटघाट र घरदैलो अभियान गर्दै गाउँ-गाउँ पुगेका छन्।

नेकपाले कात्तिक ७ गते चुनावी सभाका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ल्याउने भएको छ। मकालु त्कालिन नेकपा एमालेले जितेको थियो।

नेकपाले मकालु आफ्नो पकड क्षेत्र भएका कारण नेकपाले चुनाव जित्ने बताउँदै आएको छ। नेकपाले मकालुमा फेरि पनि जित्नुपर्ने भएका कारण केन्द्रीय स्तरका नेता र त्यस क्षेत्रका सांसद पूर्णप्रसाद राई गाउँ-गाउँ पुगेर भेटघाट गरिहेका छन्।

उता, नेपाली कांग्रेसले यो पटकको चुनाव जसरी पनि जित्ने सभापति श्रेष्ठले बताए। मकालुमा कांग्रेस पूर्वसांसद तथा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र पूर्वसांसद पासाङ डुक्पा शेर्पाको क्षेत्रसमेत हो। त्यसकारण मकालु गाउँपालिकामा नेकपा र कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। मकालुमा ९ हजार १ मतदाता छन्।

सम्भावित उम्मेदवारहरू

नेकपामा उम्मेदवारका लागि तेजबहादुर पोख्रेल, भरत कटुवाल, ताराकुमार गुरुङ र भीम राईको नाम चर्चामा छ। त्यसैगरी, कांग्रेसबाट राईबहादुर राई, काजीमान गुरुङ, देउमान राई र विमल पराजुलीको नाम चर्चामा छ।

राईबहादुर राई अघिल्लो निर्वाचनमा हार व्यहोरेका उम्मेदवार हुन्। ताराकुमार पूर्वगाविस अध्यक्षसमेत भइसकेको छन्। टिकटका लागि दुवै दलमा कार्यकर्ता आ-आफ्नो निकटका नेतालाई लविङ गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.