|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन्। 

पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कामलाई गति दिन नसकेको दाबाी गरेका छन्। 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमै बलियो सरकार बने पनि त्यसले वैज्ञानिक ढंगले काम गर्न नसकेको पनि बताएका छन्।

कांग्रेस नेता थापाले अर्थमन्त्री खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत हुँदा मुलुकको आर्थिक विकासको गति सहजरुपमा अघि बढ्न नसकेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.