|

काठमाडौं : एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा ३-० ले पछाडि परेको नेपाली टिमले दोश्रो हाफको ४ मिनेटमा नै थप ३ गोल खान पुग्यो। सुरुवातबाटै दबाबमा रहेको नेपाली टोलीले किर्गिज पोस्टमा आक्रमण बुन्न सकेको थिएन। पहिलो हाफमा नेपाली टिमले एक मात्र पोष्ट आक्रमण गर्‍यो।

किर्गिज खेलाडीहरुले निरन्तर आक्रमण बनेपछि नेपाली गोलरक्षक सुमित कुमार आले गोल रोक्नमै व्यस्त देखिन्थे। दोश्रो हाफको ४ मिनेटमा नै गोल अन्तर ६-० पुगेपछि आलेको स्थानमा अनिस श्रेष्ठ कोर्टमा प्रवेश गरे। त्यसपछि नेपाली टिमले सुधारिएको प्रदर्शन गर्‍यो।

पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै सहायक प्रशिक्षक गौरभ बस्नेतले नेपाली खेलाडीको प्रदर्शनमा आफू खुसी भएको बताए। 'हामीले अन्तर्राष्ट्रिय फुटसल खेल्न थालेको दुई वर्ष मात्र भएको छ। पछिल्लो नतिजासँग यस नतिजालाई हेर्ने हो भने नतिजामा सुधार आएको मान्नु पर्छ' बस्नेतले भने, ’ताजिकिस्तानसँग हामीले धेरै सिक्ने मौका पायौँ। यस खेलमा सिकेका कुरा अर्को खेलमा प्रयोग गर्ने छौँ।'

त्यस्तै, ताजिकिस्तानका प्रशिक्षक डिजान डेडोभिकले पनि नेपाली टिमको प्रदर्शन राम्रो रहेको बताए। सुरुवाती समयमा नेपालको डिफेन्स उत्कृष्ट थियो। तर, पहिलो हाफको अन्त्य तिर नेपालको डिफेन्स कमजोर हुँदा हामीले फाइदा लियौँ,’ डेडोभिकले भने।

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह '' मा रहेको ताजिकिस्तानले जितसहित ३ अंक जोडेको छ। यता, खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्वेकिस्तानसँग खेल्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.