राजनीति

गरिब र विपन्‍नले मात्र अनुदान पाउने कृषि मन्त्रीको दाबी
SHARES

कात्तिक ६, २०७६

    सल्यान : कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिब र विपन्न समुदायिलाई मात्र अनुदान दिने बताएकी छन्। सरकारले दिँदै आएको अनुदान समाजका टाठाँवाँठाले उपयोग गर्ने तर गरिब र विपन्न समुदाय वञ्चित भइरहने अवस्थाको अन्त्य गरिने बताइन्।

    बुधबार  कुमाख साना किसान सहकारी संस्था कुमाख गाउँपालिका ३ रागेचौरमा  प्रारम्भिक साधारणसभामा बोल्दै मन्त्री केसीले गरिब र विपन्न समुदाय राज्यको पहुँचबाट अहिले पनि विमुख भइरहेको बताइन्। उनले भनिन् 'प्रदेश भरी विपन्न र गरिब लक्षित ४० कार्यक्रम ल्याएका छौँ जसका लागि १६ करोड बजेट पनि विनियोजन भइसकेको छ।'

    दलित र विपन्न बस्ती छनौट गरिएको बताउदै पदेश सरकारको प्रवक्तासमेत रहेकी केसीले उनीहरूको जीवन बदल्ने कार्यक्रम गर्ने दावी गरिन्। कुनै पावरका आधारमा अनुदान पाउने भन्दा पनि सरकार सिधै गरिब र विपन्नको घरमा पुग्ने उनको भनाइ छ। लक्षित समुदायको आवश्यकता र चाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]