|
फाइल तस्विर

काठमाडौं : नेपाल र बंगलादेशले दुवै देशमा कृषि सामग्रीलाई सहज पहुँच दिनका लागि आपसी सहकार्य गर्ने सहमति भएको छ। नेपाल र बंगलादेशको सहसचिवस्तरीय चौंथो प्राविधिक समितिको बुधबार सम्पन्न बैठकमा यस्तो सहमति भएको हो।

सहमतिअनुसार खाद्य प्रविधि तथा वनस्पती क्यारेन्टाइनको क्षेत्रमा आपसी सहकार्य हुनेछ। नेपालका खाद्य, कृषि तथा वनस्पतीसम्बन्धी संस्था तथा कम्पनी र बंगलादेशका सोहीस्तरका कम्पनीबीच सहकार्यका लागि एमओयू गरिनेछ।

बैठकमा नेपालले यहाँ उत्पादित धागो तथा  कृषिजन्य उत्पादनलाई सहज तरिकाले बंगलादेश निर्यातका लागि आग्रह गरेको थियो। यसबाहेक नेपालले चिकित्सा शिक्षा अध्ययनमा गएका विद्यार्थीका समस्या समाधानका विषय पनि उठाएको थियो। यी विषयहरूमा बंगलादेश सकरात्मक रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.