'पञ्चायतमा हास्यव्यङ्ग्य पच्यो, तर अहिले रुच्‍न छोड्यो'

|

काठमाडौं : हाँस्य कलाकार शैलेन्द्र सिम्खडालाई सिस्नोपानी नेपालले देउसी-भैलो टिमबाट अन्तिम समयमा हटाएपछि आदेशअनुसार आफ्नो नाम हटाएको प्रतिक्रिया दिएका छन्। पछिल्लो दुई वर्षदेखी सिस्नुपानी नेपालमा तिहार विशेष देउसी-भैलो कार्यक्रममा सहभागी रहिआएका यो वर्षको कार्यक्रममा नाम हटाए पछि यस्तो गुनासो गरेहका हुन्। 

'तपाईलाई बोलाउँदा उच्च तहमा रहेका नेता आउन अलि सकस मानु भयो। त्यसकारण यसपाली हजूरलाई हटायौं भनेर संस्थाकै व्यक्तिले भन्‍नु भयो',सिम्खडाले भने, ' हास्यव्यङ्ग्य मार्फत जनतालाई रिझाउँ, नेतालाई विझाउँ भन्ने आफ्नो नीति छ। कुनै पनि संस्थालाई भजनमण्डली बनाउनबाट रोक्न आग्रह गर्दछु।'

उनले गणतन्त्रमा पनि नेतृत्व तहमा हास्यव्यङ्ग्य पचाउन नसकेको दाबी गरेका छन्। 'हास्यव्यङ्य क्षेत्रमा लागेको ३५ वर्ष भयो,  पञ्चायत कालमा पनि नेतृत्व तहले हाम्रो हास्यव्यङ्ग्यलाई पचाए, अहिले नेतृत्वलाई हाम्रो हास्यव्यङ्ग्य रूच्न छोडेको  छ' सिम्खडाले भने  'नेतालाई असभ्य गाली पनि नगरौं र स्तुती पनि नगाउँ भन्ने मेरो अभिप्राय हो' । 

सिस्नुपानी नेपालमा अध्यक्ष लक्ष्मण गाम्नागे भने माथिको आदेश भन्ने विषय नै नरहेको दाबी गरेका छन्। 'सिस्नुपानी नेपालमा यसपाली शैलेन्द्र जीले प्रस्तुती दिनुहुन्न', गाम्नागे भने, 'यसपाली कविता वाचन उहाँको सट्टामा संस्थाकै वरिस्ट उपाध्यक्ष अर्जुन पराजुलीले वाचन गर्नुहुनेछ।'

गाम्नागेले आफ्नो संस्था माथिको आदेशले चलाउन थालेको दिन सिस्नुपानी नेपाल बन्द गर्ने बताए। कहिँ कतैपनि कसैले हामीलाई हाम्रो संस्थामा दबाब नदिएको र दिएपनि आफुहरूलाई अमान्य हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.