|

काठमाडौं : पछिल्लो समय मिडिया हब प्रालि र 'सक्किगोनी' हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद साम्य भएको छ। दुवै पक्ष बसी आपसी समझदारीमा विवादलाई टुंगोमा पुर्‍याइएको अर्जुन घिमिरे उर्फ 'पाँडे' ले जानकारी दिए।

हाँस्य टेलिसिरियल 'भद्रगोल' का पात्रलाई 'सक्किगोनी' मा पनि समावेश भएपछि विवाद भएको थियो। उत्पन्न विवादित विषय टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी घिमिरेले दिए।

के-के कुरामा सहमति भए भन्नेबारे केही नखुलाए पनि घिमिरेले दर्शकले 'सक्किगोनी' नियमित रूपमा हेर्न पाउने बताए। उनले कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.