|

 काठमाडौं : फूल र बत्तीको पर्व तिहार नेपालीको ढोका नजिकै आइपुगेको छ। तिहारको पाँचदिन घरघरमा बत्ती र फूलले सजाइन्छ। घर सजाउन तिहारमा सयपत्रीको फूल प्रयोग गरिने भएकाले यो समयमा सयपत्री फूलको माग धेरै हुने गर्दछ।

जसले गर्दा यो सयपत्री खेतीमा कृषकहरू आकर्षित भएका छन्। तिहारमा फूलको निकै महत्व छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्द्धन पूजामा फूलको प्रयोग हुन्छ।

अझै भाइ टीकामा त फूलको माला नभइ हुँदैन। त्यसैले अहिले व्यवसायिक रूपमा फूलखेती गर्ने कृषकहरूलाई फूल टिप्‍न र माला गाँस्‍न भ्याइ-नभ्याई छ। इचंगुनारायणका किसानहरू अहिले फूल टिपेर बजारसम्म पुर्‍याउन व्यस्त छन्।

इचंगुका ढकमक्क सयपत्री 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.