|

गुल्मी : नेपालीहरूको दोस्रो महान् पर्वको रूपमा मनाइने तिहारमा गुल्मी सदरमुकाम तम्घास बजारमा चहलपहल बढ्न थालेको छ। तिहार पर्वको लागि चाहिने समानहरू किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका विभिन्न परिकारहरूले सजिएका पसलहरूले पनि थप रौनकता सुरु भएको छ।

 पछिल्लो समय  तिहार पर्वमा पनि आधुनिकता बन्न थालेको छ। तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम फूलहरूबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्न थालेको पाइएको छ। 

  गाउँघरमा प्रशस्त मात्रामा फूलहरू नपाउनु सँगै फूलहरूको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरू प्रयोग बढेको व्यवसायीहरूको तर्क रहेको छ। फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरूको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृत्रिम फूलमा आश्रित हुनुपरेको हो।

 गाउँमा फूलखेती गर्नतर्फ चासो नदिनु र देखासिकी गरेर पनि कृत्रिम मालाहरू प्रयोग गर्ने क्रम बढेको तम्घासका व्यवसायी सारदा पाण्डेयले बताइन। गाउँमा स्थानिय तहले नै प्रत्येक घर छेउमा अनिवार्य फूल रोप्न अनिवार्य गर्नु पर्ने बताइन्।
अहिले तम्घास बजारमा ३० रुपैयाँ देखि २ सय सम्मका कृत्रिम फूलका मालाहरू बिक्रीका लागि राखेको उनले बताइन्। जिल्लाका केहि स्थानीय तहमा कृत्रिम फूलका मालाहरू निषेध गरेका अघिल्लो वर्षको तुलनामा मालाहरू बिक्री नभएको व्यापारीहरूको तर्क छ।

तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रही आएको छ।      गाउँमा फुलहरू नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनो गक्षअनुसार कृत्रिम मालाहरू बिक्ने गर्दछन्।

 देख्दा पनि झपक्क देखिने र टीका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृत्रिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन्। तिहार पर्वको दीपावलीमा माटोको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकता थपिएको छ।

गाउँमा पनि विद्युतको पहुँच बढेसँगै दियो, पालाहरूमा बत्ती बाल्ने प्रचल विस्तारै हराउँदै गएको हो। तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ।

देउसी-भैलो खेल्दा मौलिक गीतहरू नगाई बजारमा आएका विभिन्न गीतहरूमार्फत नाच्ने गाउने गरिँदा परम्परा हराउँदै जान थालेको छ। संस्कृति बचाउनभन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रही आएको छ।  संस्कृति बचाउनका लागि नयाँ पुस्ताले चासो  दिनुपर्ने पुराना पुस्ताहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.