|

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय विस्थापित भएका छन्। 

नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो। क्यालिफोर्नियाको जंगल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन्। 

आगोले अहिलेसम्म ४९ वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पुर्‍याउने देखिएको विभागका अधिकारीको भनाइ छ। अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जंगलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन्। 

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो। उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो।

आगो निभाउन १ हजार ३०० भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.