विश्व

हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु
SHARES

कात्तिक १०, २०७६

    दमास्कस सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ। 

    आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट ९आईएस० सँग आबद्ध लडाकू रहेको अधिकारीहरूले जनाएका छन् । 

    सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन्। आइएस लडाकूहरूको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाई छ। 

    आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो। सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ।

    अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरूको समूहका केही नेता र सदस्यहरूको मृत्यु भएको जानकारी दिए। 

    'बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टि गर्न सक्ने अवस्थामा छैनौं। तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]