विश्व

अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा
SHARES

कात्तिक ११, २०७६

    अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण संकटकालको घोषणा गरिएको छ। क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

    जंगलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्ने लगायतका कारणले संकटकाल घोषणा गरिएको उनीहरुले बताएका छन्। 

    सान फ्रान्सिस्को क्षेत्रमा लागेको 'किनकेड फायर' नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ। नजिकैको जंगलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो। 

    आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएको र सयौँ संरचनाहरुमा क्षति पुर्‍याएको अधिकारीहरूले जनाएका छन्। ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ। 

    उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो।

    आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]