विश्व

चीनमा ६७ वर्षीया महिलाले बच्चा जन्माइन्
SHARES

कात्तिक ११, २०७६

    चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छन्। अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ।

    झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले जनाएको छ। ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ। दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन्।

    जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए। चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए। सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ।

    चीनमा पछिल्ला केही वर्षदेखि महिलाले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ। परिवार नियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनले देखाएका छन्।

    इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनमा सन् २००६ मा औसत चिनियाँ महिलाले २४ वर्षको उमेरमा बच्चा जन्माउने गरेकामा सन् २०१६ मा २७ वर्षमा पहिलो सन्तान जन्माउन थालेको उल्लेख छ।

    सन् २०१७ मा करिब ५१ प्रतिशत नवजात शिशु दोस्रो सन्तान थिए जबकी सन् २०१६ मा करिब ४० प्रतिशतले दोस्रो सन्तान जन्माएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]