|

यूरोपेली संघ (इयू) का २७ सदस्य राष्ट्रहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताए।

इयूले बेलायतको अनुरोधमा आगामी बर्षको जनवरी ३१ मा ब्रेक्जिटका लागि मिति तय गरेको सोमबार टस्कले बताए। इयूबाट बेलायतको बहिर्गमनका लागि जनवरी ३१ सम्मका लागि मिति तय गरेको छ। तर यदि बेलायती संसदले ब्रसेल्ससँग प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्झौतालाई अनुमोदन गरेमा तोकिएको समय अघि नै पनि बहिर्गमनका लागि सहमत जनाउने छन्।

'इयूका २७ ले बेलायतको अनुरोधमा सन् २०२० को जनवरी ३१ सम्मका लागि ब्रेक्जिटको समय थप गर्न सहमत भएका छन्', टस्कले भने।

उनले थपे, 'सम्बन्धित मुलुकका राजदूतहरूको ब्रसेल्समा हुने भेटपछि सम्भवतः यो निर्णयलाई लिखित प्रक्रियामार्फत् औपचारिकता दिइने छ।' 

एएफपीले इयूसम्वद्ध स्रोतबाट प्राप्त गरेको सहमति पत्र अनुसार बेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको संसदलाई मैत्रीपूर्ण बहिर्गमनका लागि आगामी बर्षअघि नलाग्दै अर्थात् नोभेम्बर ३० वा डिसेम्बर ३१ मा गनए विश्वास दिलाए। 

बहिर्गमनका लागि यस पहिले तय भएको अन्तिम मिति अक्टोबर ३१ आउनुभन्दा करिब ९० घण्टा पहिले ब्रेक्जिटको मिति थप भएको सूचना बाहिरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.