काठमाडौंः दाजुभाइ दिदीबहिनी नहुनेहरूले आज बिहानैदेखि काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउन सुरु गरेका छन्। बिहान ५ बजेदेखि रानीपोखरीमा टीका लगाउने कार्यक्रम सुरु भएको हो।
बालगोपालेश्वर मन्दिरमा आएको धेरै वर्ष भइसकेको टीका लगाउन बसेको बिमला कपालीले बताइन्। यहाँ दाजुभाइ नभएका र दिदीबहिनी नभएका मानिसहरू टीका लगाउन आउने गरेको उनको भनाइ छ।
यमपञ्चकको अन्तिम दिन आज आफ्ना दिदी बहिनीको हातबाट टीका लगाएर मनाइने चाड भए पनि सबैका दिदीबहिनी हुँदैनन् भने सबैका दाजुभाइ पनि हुँदैनन् उनीहरूको लागि पनि वैकल्पिक बनेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीकाको दिन सबैजना जम्मा भई टीका लगाउने प्रचलन रहेको छ।
रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।