|

म्याग्दी : जातीय विविधताले युक्त हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा मंगलवार विविध कार्यक्रमका साथ नेपाल संम्वत ११४० को भव्य स्वागत गरिएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराएका थिए।

सदरमुकाम बेनी बजारको वस्ती विस्तार गर्ने महत्वपूर्ण भूमिका निर्वाहा गरेका नेवार समुदायको संस्था नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, र्‍याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वत ११४० को स्वागत गरिएको हो।

सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नेपाल सम्वत मौलिक नेपाली संस्कृतिको आफ्नै सम्वत भएकोले राज्यले अपनत्व ग्रहण गरी नेवार समुदायको मात्रै होइन सबैको साझा पर्वको रुपमा स्वीकार गर्नुपर्ने बताए। उनले शंखधर साख्वाको परोपकारी भावना र उनले गरेको योगदान अहिले पनि उत्तिकै उदाहरणीय र अनुकरणीय रहेको बताए।

सोही अवसरमा २०७४ सालको को एसईई परीक्षामा निजी र सामुदायिकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २२ जना छात्रछात्रालाई नगद एक हजार पाँच सय रुपैया सहित सम्मान गरिएको थियो।

संगमचोकदेखि सुरु भएको नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो।

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.