|

म्याग्दी :  म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरेका छन्।

सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सातमहिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका हुन्।

सोमबार विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरे। चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोकेपनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गदैं विषेश अनुमति दिएको थियो। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गरेका थिए। त्यस लगत्तै म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गरेपछि थप हिमाल आरोहणमा निस्कएका पुर्जाका आफन्त रेमन पुर्जाले जानकारी दिए। 

पुर्जाले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका जनाइएको छ।  उनले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका हुन्। आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ।

मासिक १४ लाखसम्म नेपाली तलब हुने जागिर छोडेर आरोहणमा होमिएका म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ दानाका पूर्जाको प्रोजेक्ट पोसीबल’ परियोजना नाम दिइएको थियो। आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउन सफल भएका छन्।

आरोहणमा पूर्जालाई मिग्मा डेभिड शेर्पा, लाक्पा शेर्पा, तेन्जिङ शेर्पा लगायत शेर्पाको टोलीले सघाइरहेको छ। ३५ वर्षीय निर्मल ‘स्पेशल फोर्स’मा छानिने पहिलो गोर्खाली थिए।  मार्च २०१९ मा व्रिटिस आर्मीको जागिर छाडेर हिमाल आरोहण अभियान थालेका पूर्जाले आफ्नै जन्म जिल्लामा रहेको ८ हजार मिटर अग्लो धौलागिरी र अन्नपूर्ण आरोहण गर्ने पहिलो म्याग्देलीको उपाधी समेत जितेका थिए।

यस्तो छ पूर्जाको इतिहास

म्याग्दीको एउटा दुर्गम गाउँका युवा बेलायती सेनामा मासिक १५ लाखको जागिर छोडेर हिमाल आरोहणमा कीर्तिमानी कायम गर्ने उद्धेश्यका साथ हिमाल आरोहणको यात्रामा निस्केका थिए।

बेलायती सेनाको ‘स्पेसल फोर्स को मासिक रु १५ लाख तलब छोडेर हिमाल आरोहणमा निस्केका पुर्जाले तीन महिना भित्र ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये ११ ओटा हिमालको सफल आरोहण गरेका थिए।

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान उनको नाममा भैसकेको थियो । ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गरिसकेका थिए। यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु) आरोहणको कीर्तिमान पनि उनैले कायम गरेका छन्।

पुर्जाले शुरुका तीन महिनामा अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन्। सगरमाथा, लोत्से र मकालु आरोहणमा विगतको ५ दिन ३ घन्टा ३५ मिनेटको पुरानो रेकर्र्ड तोड्दै ४८ घन्टा ३० मिनेटमा यी हिमाल आरोहण गरेपछि आफ्नो नाममा नयाँ विश्व कीर्तिमान कायम भएको पुर्जाले जानकारी दिए।

पाकिस्तानमा रहेका ८ हजार मिटर उचाइमाथिका पाँचवटा हिमाल २३ दिनमा आरोहण गरेर उनले अर्को कीर्तिमानी कायम गरेका छन् । निकै छोटो अवधिमा यस्तो रेकर्ड राखेपछि पर्वतारोहणसँग आबद्ध पाकिस्तानको अल्पाइन क्लबले पुर्जालाई विशेष सम्मान गरिसकेको छ।

बेलायती सेनामा हिम चितुवाको नामले चिनिने निर्मल पूर्जाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर संसारकै दशौं अग्लो अन्नपूर्णबाट अभियानको सुरुवात गरेका थिए। आफ्नै जन्मभूमीमा रहेका विश्वमै अग्ला मानिएका हिम चुचुरोबाट आरोहण सुरु गरेका पूर्जा म्याग्दीमै जन्मिएर धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो म्याग्देली समेत घोषित भएका छन्।

उनले म्याग्दीको अन्नपूर्ण र धौलागिरीको आरोहण गरेपछि मात्रै विश्वकै अग्लो सगरमाथा, कञ्चनजंगा, ल्होत्से, मकालु,नांगा पहाड, गशेरब्रुम, गशेरब्रुम दोस्रोको आरोहण गरेका छन्।

अतिरिक्त अक्सिजन विना नै हिमाल ओरोहण 

अग्लो हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पूर्जाले अतिरिक्त अक्सिजन विनै धौलागिरी हिमालको आरोहणका साथै सगरमाथाको चुचुरोमा आरोहीको ताँतीको तस्वीर खिचेर चर्चामा आएका छन्। आरोहणको क्रममा सगरमाथाको चुचुरोमा ट्राफिक जाम भएको तस्वीरले विश्वका प्रतिष्ठित मिडियामा समेत महंगोमा बिक्री भएको थियो। 

को हुन् पूर्जा ?

उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए। कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। 

क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन्। 

अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी वर्ष  २०१७ मे २७ तारिखमा ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन्।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.