जनकपुर आउने पर्यटकलाई अन्य ठाउँमा पनि घुमाऊँ

|

जनकपुरधाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने योजना रहेको बताएका छन्। 

बुधबार जनकपुरस्थित नेपाल पत्रकार महासंघमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन्तरता दिइने बताए। उनले विभिन्‍न ठाउँबाट जनकपुरधाम भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउनुपर्नेमा जोड दिए। 

उनले पर्टकको बसाई लम्ब्याउन आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने पनि बताए। ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन्', उनले भने, 'अबदेखि यहाँ आउने पर्यटकलाई छिन्‍नस्ता, गढीमाई, बारा, पर्सा र महोत्तरीका अन्य ठाउँ घुम्ने वातावरण बनाउन आवश्यक छ।’ 

मन्त्री भट्टराईले निर्माणाधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २/३ महिनाभित्रै पुरा भएर सञ्चालनमा आउने पनि बताए। 

यस्तै मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशका महाकवि रहेको उनले उल्लेख गरे। विद्यापतिको शालिक नेपालको विभन्‍न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाए।

यस्तै प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री रामनरेश रायले संघीय सरकारले पर्यटन वर्ष मनाउन देखाएको तदारुकदा स्वागतयोग्य रहेको बताए। 

उनले प्रदेश २ मा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायी रुपमा बस्‍न नदिएकाले काममा समस्या भइरहेको गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.