|

भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ।

यही चिठी भारतीय क्रिकेट बोर्डलाई पनि दिइएको थियो। विराट कोहलीमाथि पनि सुरक्षा बढाइएको छ। त्यसैले उनीहरूको सुरक्षा बढाइएको छ। भारत र बंगलादेशको टी टवान्टी म्याच दिल्लीको अरुण जेटली तीन नम्बर स्टेडियममा हुन गइरहेको छ।

दिल्ली प्रहरीका अनुसार भाजपाका वरिष्‍ठ नेता लालकृष्ण आणवाडी भाजपाकै कार्यकारी अध्यक्ष जेपी नड्डा र राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवतको नामसमेत पत्रमा उल्लेख गरिएको छ।

भारतीय न्युज एजेन्सीका अनुसार भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उनीहरूमाथि आक्रमण गर्ने चिठी आएको थियो। यो चिठी कसले पठाएको हो भन्ने चाहिँ खुलेको छैन। तर, दिल्ली प्रहरी र भारतको प्रहरीले उनीहरूमाथि सुरक्षा बढाउन निर्देशन दिइसकेको छ। 

दिल्ली प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले यस्तै आक्रमणको आशंका पछिल्लो समय अन्य भारतीय नेतामाथि पनि गरिएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.